नेपाली नागरिक अझै एयरपोर्टमा अलपत्र

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १७

काठमाण्डौँ । इजरायल–इरानमा हिजोदेखि सुरु भएको तनावका कारण नेपाली श्रमिकहरू एयरपोर्टमै अलपत्र परेका छन् । हिजो दिउँसो देखि मध्यपूर्वको सबै फ्लाइट बन्द हुँदा यात्रुहरू एअरपोर्टमै अलपत्र परेका हुन् ।

“सिराहा जिल्लाबाट म हिजो बिहान काठमाडौँ आइपुगेको हुँ। मेरो फ्लाइट बेलुकी ९ बजे थियो तर एयरपोर्ट आएपछि बल्ल प्लेन नजाने कुरा थाहा भयो । एअरलाइन्सले उताको अवस्था सामान्य भएपछि मात्रै आउनु भनेको छ । अब काठमाडौँमा बस्नको लागि पुग्ने एक दिनको खर्च मात्रै ल्याएको थिए, अब के गर्ने केही थाहा छैन । अलपत्र परिएको छ” कतार जान लागेका परमेश्वर शाहले रातोपाटीलाई बताए ।

आइतबार बिहान पनि मध्यपूर्व जाने विमानहरूको फ्लाइट क्यान्सिल नै देखाइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द छन् ।

सारजहा, दोहा, दुबै, कुवेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण विमानस्थलबाट मध्यपूर्वको सबै फ्लाइट बन्द छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *