सङ्खुवासभा — अरुण नदी माथि निर्माण गरिएको बेलीब्रिज आज बिहान भाँचिँदा नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा का अनुसार बिहान करिब ९ बजे सिमेन्ट बोकेको लोवेट ट्रक तार्ने क्रममा पुल गाडीसहित भत्किएको हो।
दुर्घटनामा प्रदेश–०३–००१ क २९२० नम्बरको ट्रक नदीमा खस्दा चालक, बाह्रबिसे नगरपालिका–९ निवासी ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको नुमस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
मकालु गाउँपालिका–५ को नुम र वडा नं २ सेदुवा जोड्ने उक्त पुल ढल्दा स्थानीय आवतजावत, दैनिक उपभोग्य वस्तु ढुवानी तथा मकालु बेसक्याम्प जाने मार्गमा प्रत्यक्ष असर परेको छ। निर्माणाधीन कासुवा हाइड्रोपावर परियोजनाको सामग्री बोकेको सवारी पुल भाँचिँदा दुर्घटना भएको जनाइएको छ।
पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित निकायबीच समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्