काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ले पार्टीले अघि सारेको ‘नेपाली विशेषताको समाजवाद’ कार्यान्वयनमार्फत प्रत्येक वर्ष एक लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य तय गरिएको बताएका छन्।
ललितपुर क्षेत्र नं. १ मा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले राजनीतिक परिवर्तन भए पनि आमजनताको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको स्वीकार गरे। अब राष्ट्रिय स्वाधीनता, जनताको आत्मसम्मान र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर अघि बढ्ने उनको भनाइ थियो।
देशमा देखिएको आर्थिक तथा राजनीतिक सङ्कट अन्त्य गर्दै विकास र समृद्धिको मार्गमा अघि बढ्ने सङ्कल्प पार्टीले लिएको उनले जिकिर गरे। विगतका कमजोरीहरू सुधार गर्दै ‘नयाँ नेपाल’ निर्माणका लागि विभिन्न २६ वामपन्थी तथा समाजवादी धारबीच एकता गरिएको जानकारी पनि उनले दिए।
आगामी पाँच वर्षभित्र उद्यमशीलता प्रवर्द्धन गरी व्यापक रोजगारी सिर्जना गर्ने योजना बनाइएको उल्लेख गर्दै दाहालले गरिबी दर १० प्रतिशतमा झार्ने र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सम्भव रहेको दाबी गरे। उनले आसन्न निर्वाचनमा जनताबाट सकारात्मक मूल्याङ्कन प्राप्त हुने विश्वास व्यक्त गरे।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्