काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०लाई लक्षित गर्दै ठेकेदारलाई उल्टो झुण्ड्याएर सडक नबन्ने टिप्पणी गरेका छन् ।
शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सडक बनाउन कानुन, नीति, नियम सहज बनाउनुपर्ने बताए । उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उदारहण दिँदै पाइलटलाई कोर्रा लगाएर जहाज अवरतण नहुने बताए ।
उनले समयमै सडक निर्माण गर्न पनि ४१ वटा कानुन बदल्नुपर्ने बताए । आफूले अध्ययन गरेर बदल्नुपर्ने कानुनको सूची बनाएको उनको भनाइ थियो।
केही दिनअघि चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा वरिष्ठ नेता शाहले दुई वर्षमा बन्नुपर्नै सडक डेढ वर्षमै बनाउने जिकिर गरेका थिए । समयमै सडक नबनाउने ठेकेदारलाई बाँधेर काम गराउने अभिव्यक्ति दिएका थिए। त्यसरी सडक नबन्ने कांग्रेस सभापति थापाले टिप्पणी गरेका हुन् ।
समयमै काम गर्ने प्रणाली विकास गर्ने थापाको भनाइ थियो। त्यसका लागि सात वर्षदेखि अध्ययन गरेको उनले जिकिर गरे।
‘त्यो सिस्टम कसरी बनाउने हो, गतिका साथ भन्ने तयारीका साथ हामी आएका छौँ। सात वर्ष काम गरेका छौँ, दिनरात, प्रोजेक्ट गभर्मेन्ट भनेर,’ थापाले भने, ‘किसानको खेतमा मल कसरी पु७थभलसयाउनेदेखि पहाडको बाँदर कसरी खेद्ने भन्नेसम्मको टिम बनाएर।’
त्यसका लागि उनले जनताले मौका दिनुपर्ने बताए। उनले घरघरमा गएर जनतालाई आश्वस्त पार्न कांग्रेस नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्