काठमाडौँ उपत्यका विकासका लागि कांग्रेसको ‘भिजन १०’ सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १४

काठमाण्डौँ । संघीय राजधानी काठमाडौँ उपत्यकाको समग्र विकासका लागि नेपाली कांग्रेसले ‘काठमाडौँ उपत्यका विकास प्रतिज्ञापत्र–भिजन १०’ सार्वजनिक गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा तीनै जिल्लाका प्रतिनिधिसभा उम्मेदवारहरूको भर्चुअल सहभागितामा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।

प्रतिज्ञापत्रमा काठमाडौँ, ललितपुर र भक्तपुरलाई एउटै सहरका रूपमा एकीकृत सहरी विकास योजना लागू गरी सफा, सुन्दर, आधुनिक र व्यवस्थित सहर बनाउने लक्ष्य राखिएको छ । सडक यातायात सुधार, स्मार्ट मोबिलिटी, प्रदूषण नियन्त्रण, नदी तथा सम्पदा संरक्षण, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा जोड दिइएको छ।

यस्तै, भू–उपयोग नीति, ढल तथा पूर्वाधार व्यवस्थापन, विपद् पूर्वतयारी, रोजगारी सिर्जना, सुकुम्बासी व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका कार्यक्रमसमेत समेटिएका छन् ।

काठमाडौँ, ललितपुर र भक्तपुरका १५ जना उम्मेदवारहरूले संयुक्त रूपमा प्रतिबद्धता जनाउँदै उपत्यकाको दिगो र एकीकृत विकासका लागि सहकार्य गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *