बिहीबार ६.०३ अङ्कले बढ्यो सेयर बजार, ४ अर्ब १७ करोडको कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १४

काठमाण्डौँ । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । बिहीबार नेप्से परिसूचक ६.०३ अङ्कले बढेर २६५४.९३ विन्दुमा पुगेर बन्द भएको छ ।

आज बजारमा कुल ३३५ कम्पनीका १ करोड ५३ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् । दिनभरको कारोबारबाट कुल ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरूमध्ये १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै कमाउनेमा सालपा विकास बैंक रहेको छ, जसको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५८४.५० पुगेको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिलको मूल्य ९.२६ प्रतिशत र हिम स्टारको मूल्य ६ प्रतिशतले वृद्धि भएको छ ।

आज होटल, उत्पादनमूलक, माइक्रोफाइनान्स र म्युचुअल फण्ड गरी चारवटा समूहगत परिसूचक घट्दा बाँकी समूह बढेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०६ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *