आजको विदेशी मुद्रा दर सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १३

काठमाडौँ, फागुन १३ बुधबार:नेपाल राष्ट्र बैंकले आजका लागि लागू हुने विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।

युरो, पाउण्ड, स्वीस फ्रयाङ्क लगायत प्रमुख मुद्राहरूको दरमा सामान्य उतारचढाव देखिएको छ। अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरको भाउ पनि अद्यावधिक गरिएको छ।

एसियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर ९ रुपैयाँ ३६ पैसा तोकिएको छ भने चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल र युएई दिरामको दर समेत निर्धारण गरिएको छ।

यसैगरी, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियाल उच्च मूल्यका मुद्राका रूपमा कायम छन्। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला परिमार्जन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *