निर्वाचनको मुखमा कृत्रिम अभाव र महँगी बढाएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आन्दोलनको चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन १२, २०८२

काठमाण्डौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संसदीय निर्वाचनको प्रचारप्रसारका क्रममा जनतालाई झुटा आश्वासन बाँडिएको भन्दै आपत्ति जनाएको छ ।

पार्टीका प्रवक्ता सुदर्शनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एकातिर संसद्वादी दलहरू चुनावको नाममा जनताको घरदैलोमा दौडिरहेको र अर्कोतिर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी जनताको ढाड सेक्ने काम भइरहेको बताएका हुन ्।

पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्यास अभाव र कालोबजारीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीले सरकारलाई बजार अनुगमन गरी कालोबजारी रोक्न र मूल्यवृद्धि फिर्ता लिन दबाब दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *