काठमाण्डौँ । उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले आफ्नो पार्टीको सरकार बनेपछि १८ वर्ष देखिको लोडसेडिङ एक महिनामै अन्त्य गरेजस्तै देशको दुर्गन्धित राजनीति पनि अन्त्य गर्ने बताएका छन् ।
धरानान सोमबार आयोजित उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीको संयुक्त चुनावीसभामा उनले भने, “जसरी लोडसेडिङ अन्त्य गरियो, त्यसैगरी देशको दुर्गन्धित राजनीति पनि अन्त्य गर्छु, साथ दिनुस् ।”
उनले देशको राजनीतिमा पारदर्शी र इमानदार नेतृत्व स्थापित गर्न बिचौलिया तन्त्रको अन्त्य अनिवार्य रहेको बताए ।
उनले जेनजी आन्दोलनको जगमा बनेको उज्यालो पार्टीले मात्र देशलाई सही दिशामा लैजानसक्ने दाबी गरे । अँध्यारो र भ्रष्ट व्यवस्थाको अन्त्य गर्ने अभियानको जिम्मेवारी उज्याले पार्टीले लिएको उनले बताए ।
सरकारमा पुगेको एक वर्षभित्र सुकुम्बासी समस्या अन्त्य गर्दै स्वास्थ्य र शिक्षा निःशुल्क गरी एक घर एक धारा अवधारणा लागु गर्ने उनले बताए ।
नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाएर विद्युत् निर्यात गर्ने योजना सुनाउँदै उनले भविष्यमा इन्धनको रूपमा हाइड्रोजन उत्पादनको सम्भावना रहेको बताए ।
जल विद्युत् उत्पादनमार्फत गरिबी निवारण र स्वरोजगार सिर्जना गर्न उज्यालो नेपालको सरकार बनाउन सहयोग गर्न उनले आह्वान गरे ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्