तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १२

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा मुछिएका तीन पूर्वसचिवसहित पाँच जनालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले पुर्पक्ष थुनामा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै धरौटीसमेत नलिई तारिखमा रिहा गर्ने निर्णय गरेको हो ।

रिहा हुनेमा पूर्वसचिवहरू मधुकुमार मरासिनी, मोहनकृष्ण सापकोटा, सुमनप्रसाद शर्मा, पूर्वउपसचिव प्रेमनाथ उपाध्याय र तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदी छन् । अदालतले विशेष अदालत ऐन, २०५९ को दफा ७ (ग) अनुसार आवश्यक पर्दा झिकाउने शर्तमा तारिखमा राख्ने व्यवस्था लागू गरेको जनाएको छ।

यसै प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ मंसिरमा पाँच पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध करिब ८ अर्ब ३६ करोड रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

तर, यसै मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई भने सर्वोच्च अदालतले विशेष अदालतको धरौटी आदेश उल्ट्याउँदै थुनामा पठाउने आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *