आजको ज्योतिषीय संकेत : फाल्गुण १२ गते, मंगलवार (२०८२)

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १२

मेष

पेशागत क्षेत्रमा नयाँ ढोका खुल्ने समय छ। साथीभाइ तथा शुभचिन्तकको साथले अप्ठ्यारो काम सहज बन्नेछ। मानसिक सन्तुलन र उत्साह कायम रहनेछ।
शुभ रंग: पहेंलो | शुभ अंक:

वृष

अनावश्यक विवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ। व्यापार विस्तारका योजना बन्ने संकेत छ। विदेशसँग सम्बन्धित कार्यमा सफलता मिल्न सक्छ। स्वास्थ्यप्रति सजग रहनु उपयुक्त हुनेछ।
शुभ रंग: केशरी | शुभ अंक:

मिथुन

आम्दानीमा सुधार आउने सम्भावना छ। बोलीको प्रभाव सकारात्मक रहनेछ। पेशा परिवर्तनको सोच बनिरहेको हुन सक्छ। पारिवारिक असमझदारी समाधानतर्फ उन्मुख हुनेछ।
शुभ रंग: निलो | शुभ अंक:

कर्कट

धार्मिक वा सामाजिक कार्यक्रममा सहभागी बन्ने अवसर मिल्न सक्छ। दिन रमाइलो र उत्साहजनक रहनेछ।
शुभ रंग: हरियो | शुभ अंक:

सिंह

सामाजिक जिम्मेवारी बढ्नेछ। खर्च बढे पनि प्रतिष्ठा कायम रहनेछ। स्वास्थ्यमा सानोतिनो समस्या देखिन सक्ने भएकाले सतर्कता आवश्यक छ।
शुभ रंग: निलो | शुभ अंक:

कन्या

राम्रो समाचार सुन्न पाइने सम्भावना छ। लगानी वा नयाँ सुरुवातअघि गहिरो सोच आवश्यक छ। आत्मविश्लेषणका लागि उपयुक्त दिन।
शुभ रंग: खैरो | शुभ अंक:

तुला

शिक्षा वा तालिमका कारण घरदेखि टाढा जानुपर्ने हुन सक्छ। दाम्पत्य जीवनमा मिठास थपिने संकेत छ। व्यापारमा नयाँ अवसर देखापर्नेछन्।
शुभ रंग: रातो | शुभ अंक:

वृश्चिक

रोकावटहरू देखिन सक्छन्, त्यसैले धैर्य आवश्यक छ। सबैको कुरामा सजिलै विश्वास नगर्नु राम्रो। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने सम्भावना बलियो छ।
शुभ रंग: बैजनी | शुभ अंक:

धनु

आफ्नो काम आफैं गर्नु लाभदायी हुनेछ। अध्ययन तथा बौद्धिक क्षेत्रमा प्रगति देखिनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ।
शुभ रंग: केसरी | शुभ अंक:

मकर

नयाँ योजना सुरु गर्न हतार नगर्नुहोस्। गोप्य कुरा बाहिरिन सक्ने जोखिम छ। अधुरा काम दोहोर्‍याएर गर्दा सफल परिणाम आउन सक्छ। मानसिक तनाव कम गर्न व्यस्त रहनु उपयुक्त हुनेछ।
शुभ रंग: कलेजी | शुभ अंक:

कुम्भ

साहस र आत्मविश्वास बढ्नेछ। दाजुभाइ वा नजिकका व्यक्तिसँग सम्बन्ध प्रगाढ बन्नेछ। महत्वाकांक्षी लक्ष्य पूरा गर्ने अवसर छ।
शुभ रंग: निलो | शुभ अंक:

मीन

बुद्धिमत्ताले जटिल समस्या समाधान गर्न सकिनेछ। गुमेको अवसर पुनः प्राप्त हुने सम्भावना छ। सञ्चित धनमा वृद्धि देखिन्छ।
शुभ रंग: सिन्दुरी | शुभ अंक:

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *