कांग्रेसले जिते मात्रै धर्म र संस्कृति जोगिने डा. शेखरको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले नेपाली कांग्रेसको जितले मात्रै देशको धर्म र संस्कृति जोगिने दाबी गरेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित चुनावी घरदैलो तथा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले धर्म, संस्कृति, संस्कार र सभ्यतामाथि भइरहेका प्रहार रोक्न आसन्न निर्वाचनमा कांग्रेसको जित अपरिहार्य रहेको बताएका हुन् ।

सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था जीवित रहे मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने उनको धारणा छ।

उनले नेपाल बहुजातीय र बहुभाषिक मुलुक भएकाले यहाँका हरेक जातजातिको आफ्नो छुट्टै मौलिकता, धर्म र परम्पराको विशिष्ट महत्त्व रहेको उल्लेख गरे।

उम्मेदवार कोइरालाले यिनै मौलिकता र सभ्यताको संरक्षण गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउनका लागि अहिलेको निर्वाचन अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै मतदातासँग कांग्रेसको पक्षमा मतदान गर्न अपिल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *