|
२०८२ फाल्गुन ११
काठमाडौँ । नेकपा एमालेको नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) को कोशी प्रदेशस्तरीय भेला झापाको दमकमा सोमबार हुँदैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सो भेलामा प्रदेशका विभिन्न जिल्लाका फोर्सका कार्यकर्ता सहभागी हुने जनाइएको छ । फोर्सका कोशी प्रदेश संयोजक राजकुमार थापाका अनुसार करिब ५० हजार युवालाई दमकमा उतार्ने तयारी गरिएको छ ।
थापाका अनुसार झापा ५ का जनताहरूको पनि उल्लेख्य उपस्थिति हुने सभामा गायक वैकुण्ठ महतको टिमले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्