बालेनद्धारा झापामा ‘वाचापत्र’सार्वजनिक, राजनीतिलाई पेसा होइन, सेवा बनाउँने प्रतिबद्धता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सोमबार आफ्नो चुनावी प्रतिबद्धता पत्र (वाचापत्र) सार्वजनिक गरेका छन् ।

रास्वपाका वरिष्ठ नेता उनले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा उभिने मुख्य संकल्प गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन् । ​शाहले आफ्नो वाचापत्रमा नीति निर्माण र कानुनी सुधारमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।

वाचापत्रमा बालेनले भनेका छन्, ‘राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु।’

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने कुरालाई उनले विशेष महत्त्व दिएका छन् । ​शिक्षा र स्वास्थ्यमा नयाँ योजना ​शिक्षा क्षेत्रमा ूस्कुल रिटेन्सन प्रोग्रामूमार्फत विद्यालय छाड्ने दर शून्यमा झार्ने र सामुदायिक विद्यालयमा स्मार्ट क्लासु तथा प्रयोगशाला स्थापना गर्ने योजना उनले अघि सारेका छन् ।

यस्तै, स्वास्थ्य क्षेत्रमा विपन्न परिवारका लागि निःशुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने र ञघर(घर स्वास्थ्य सेवा कार्यक्रमझ मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने प्रतिवद्धता शाहको छ।

​झापा ५ को मुख्य आधार कृषिलाई आधुनिकीकरण गर्न कन्काई-रतुवा सिँचाइ योजनाु विस्तार र एक पालिका, एक शीत भण्डारुको अवधारणा ल्याइएको छ। यस्तै, पूर्वाधारतर्फ दमक-रवि-चिसापानी सडकको पूर्णता, हुलाकी सडक र पुलहरूको समयमै निर्माण, दमकलाई स्मार्ट सिटी का रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने वाचापत्रमा छ।

​महिला उद्यमीका लागि सहुलियतपूर्ण ऋण, सेफ हाउस को व्यवस्था र युवाहरूका लागि सीपमूलक तालिममार्फत स्वरोजगार सिर्जना गर्ने लक्ष्य राखिएको छ।

साथै, गौरादह कृषि क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने र दमकलाई पर्यटन ट्रान्जिट हब बनाउने योजना पनि वाचा पत्रमा समेटिएको छ।

भूमिहीन र सुकुमवासी समस्या समाधानका लागि कानुन निर्माण गर्ने र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने वाचार गर्दै बालेनले ञजनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोला । भन्दै मतदातासँग अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *