नेपाली कांग्रेस को चुनावी रणनीति सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन १०, २०८२

काठमाडौँ : आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस ले तल्लो तहका सबै कार्यसमितिलाई विशेष निर्देशन जारी गरेको छ। पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिले ७ प्रदेश, ७७ जिल्ला, १६५ प्रतिनिधि सभा क्षेत्र, ३३० प्रदेश सभा क्षेत्र, ७५३ पालिका र ६७४३ वडासम्म नयाँ चुनावी रणनीति कार्यान्वयन गर्न परिपत्र पठाएको हो ।

रणनीतिअनुसार ‘एक पार्टी सदस्य, ३० घर’ अभियान अनिवार्य रूपमा लागू गरिनेछ। प्रत्येक सदस्यले तोकिएका ३० घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुपर्ने र त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।

पार्टीले सामाजिक सञ्जाल प्रयोगलाई समेत उच्च प्राथमिकता दिएको छ। आधिकारिक फेसबुक, टिकटक र वेबसाइटका सामग्रीहरू अनिवार्य रूपमा सेयर तथा पुनः अपलोड गर्न निर्देशन दिँदै बिहान ८:००–८:२० र बेलुकी ८:००–८:२० लाई ‘पिक आवर’ तोकिएको छ।

यसका साथै आमसभाको तयारी, क्षेत्रगत सर्वेक्षण र केन्द्रमा प्रतिवेदन पठाउने कार्यलाई पनि तीव्र बनाउन सबै तहका समितिलाई सचेत गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *