|
२०८२ फाल्गुन १०
काठमाण्डौँ । काठमाडौं महानगर क्षेत्रसँग जोडिएको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेर आक्रमण गर्दा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, स्थानीय अनोजमणी अधिकारीको घरभित्र पसेको चितुवाले आक्रमण गर्दा दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका हुन् ।
घाइतेमध्ये दुलाल महर्जनलाई शुभम अस्पताल र मायानाथ वाग्लेलाई आर्मी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ भने वाग्लेको बायाँ हातमा चोट लागेको बताइएको छ।
प्रहरीका अनुसार हाल चितुवालाई घरभित्रै थुनेर राखिएको छ ।
घटनापछि स्थानीयवासी त्रसित बनेका छन् । चितुवा कसरी बस्तीभित्र पस्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्