|
फाल्गुन ८, २०८२
काठमण्डौँ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध गरेको छ ।
महानगरपालिकाले आज(शुक्रबार) सूचना जारी गरी फोहोरमैला÷कवाडी टिप्ने अनधिकृत संकलनकर्ता तथा अन्य अनधिकृत व्यक्तिहरूको प्रवेशका कारण विभिन्न स्वास्थ्य तथा मानवीय जोखिम सिर्जना हुने भएको भन्दै प्रवेश निषेध गरेको जानकारी दिएको हो ।
महानगरपालिकाका अनुसार सञ्चालन हुँदै आएको बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा दैनिक रूपमा २३ वटा स्थानीय तहको फोहरमैलाको अन्तिम व्यवस्थापन कार्य हुँदै आइरहेको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्