रास्वपाले सरकारमा गए कांग्रेस–एमाले–माओवादी सबैलाई एउटै बाटोमा ल्याउँछौं : बालेन शाह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ६

काठमाण्डौँ । रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो पार्टी सरकारमा गए कांग्रेस, एमाले, माओवादी सबै हिँड्ने बाटो बनाउने बताएका छन्।

धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देश बनाउने पार्टी रास्वपामा मात्रै भएको बताएका हुन् ।

उनले भने, ‘मान्छेहरू देशलाई स्वीजरल्याण्ड बनाउनुपर्छ भन्छन्, किन बनाउनुपर्‍यो स्वीजरल्याण्ड ? स्वीजरल्याण्डको पराकाष्ठा रामारोस यही छ किन बनाउनुपर्‍यो स्वीजरल्याण्ड ? खप्तड राष्ट्रिय निकुञ्ज यही छ किन बनाउनुपर्‍यो स्वीजरल्याण्ड ? नेपाली माल भएको, चाल नभाको पर्‍यौँ । भएको चिज देखाउनै सकेका छैनौँ ।’

सुदूरपश्चिमको गीत काठमाडौंको चोकचोकमा जोडिएपछि काठमाडौंसँग सुदूरपश्चिम जोडिने बताए । उनले रास्वपा भोट माग्न नभई काम माग्न आएको भन्दै पार्टीका नेता र उम्मेदवारलाई दिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *