आजको विनिमयदर सार्वजनिक: डलर १४५ नजिक, दिनार उच्च दरमा

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन ६, २०८२

काठमाडौँ, फागुन ६ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।

युरोको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा कायम हुँदा बेलायती पाउण्ड १९६ रुपैयाँ ७२ पैसा (खरिद) र १९७ रुपैयाँ ५४ पैसा (बिक्री) मा कारोबार हुनेछ। स्वीस फ्रयाङ्क १८८ रुपैयाँ आसपास छ।

अष्ट्रेलियन डलर १०२ रुपैयाँ, क्यानेडियन डलर १०६ रुपैयाँ र सिङ्गापुर डलर ११५ रुपैयाँ नजिक तोकिएको छ। जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ४६ पैसा र चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा कायम गरिएको छ।

खाडी मुलुकका मुद्रातर्फ साउदी रियाल ३८ रुपैयाँ ६० पैसा, कतारी रियाल ३९ रुपैयाँ ६१ पैसा, युएई दिराम ३९ रुपैयाँ ४२ पैसा दरमा खरिद हुनेछ। कुवेती दिनार सबैभन्दा महँगो मुद्रामा पर्दै ४७४ रुपैयाँ ४६ पैसा (खरिद) मा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुनसक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *