काठमाडौं : आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले आज स्कटल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ। समूह ‘सी’ मा परेको यो खेल भारतको वानखेडे स्टेडियममा साँझ ७:१५ बजे सुरु हुनेछ।
यसअघि खेलेका तीनवटै खेलमा पराजित भएपछि नेपाल सुपर आठको सम्भावनाबाट बाहिरिसकेको छ। स्कटल्याण्डको अवस्था पनि उस्तै छ । उसले तीन खेलमध्ये एक जित र दुई हार बेहोरेको छ र अर्को चरणमा पुग्ने दौडबाट बाहिरिएको छ।
दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले आजको खेल अंकतालिकामा निर्णायक नहुने भए पनि प्रतिष्ठाका लागि महत्वपूर्ण मानिएको छ। नेपालले २०१४ यता विश्वकपमा जित हात पार्न सकेको छैन। सन् २०१४ मा भएको टी–२० विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई हराउँदै दुई ऐतिहासिक जित निकालेको थियो। त्यसपछि भने विश्वकपमा सुखद नतिजा हात पार्न सकेको छैन।
यस संस्करणमा पहिलो जितको खोजीमा रहेको नेपाल आजको खेल जितेर अभियान सुखद रूपमा टुंग्याउने लक्ष्यमा हुनेछ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्