|
२०८२ फाल्गुन ३
चितवन — पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मलेखु सडकखण्डमा हालसम्म ११ किलोमिटर कालोपत्र सम्पन्न भएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर थपिएको हो।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाका अनुसार तेस्रो चरणअन्तर्गत करिब ४० प्रतिशत प्रगति भएको छ। कुरिनटार, फिस्लिङ र चरौदी क्षेत्रमा कालोपत्र तथा बेस राख्ने काम जारी छ।
३८ किलोमिटर लामो यो सडक स्तरोन्नति विश्व बैंकको करिब ४ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोगमा अघि बढाइएको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्