बैतडीमा टोल–टोलमै नसर्ने रोग पहिचान अभियान

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन ३, २०८२

बैतडी, फागुन ३ – स्वास्थ्यकर्मीहरूले गाउँ–टोलमै पुगेर नसर्ने रोगको परीक्षण सुरु गरेका छन्। सुर्नया गाउँपालिकाका आठवटा वडाका ६६ टोलमा अभियान चलिरहेको छ।

उच्च रक्तचाप, मधुमेह, उचाइ र तौलको अनुपात परीक्षणसहित बिरामीलाई आवश्यक परे औषधि वितरण र अस्पतालमा रेफर गर्ने व्यवस्था गरिएको स्वास्थ्य प्रमुख रामसिंह महराले बताए। स्वास्थ्यकर्मीका अनुसार परीक्षण गरिएका करिब ५० प्रतिशत व्यक्तिमा केही स्वास्थ्य समस्या देखिएको छ। अभियानले जोखिमका विषयमा नागरिकलाई जानकारी दिनुका साथै उपचारसम्म पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *