जोमसोम, फागुन ३ – मुस्ताङ जिल्लाबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ केजी फोहोरमैला जिल्ला बाहिर पठाइएको छ। वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाबाट संकलित फोहोर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले ट्रकमार्फत पोखरा स्थित ग्रीन वेस्ट मेनेजमेन्टमा पठाएको हो।
एक्यापका अनुसार चालु आर्थिक वर्षको पुस महिनासम्म चार चरणमा कुल ४,३९१ केजी फोहोर निकासी गरिएको छ। मुस्ताङमा पर्यटन व्यवसायी र स्थानीय समुदायले संकलन गरेको नकुहिने प्लाष्टिकजन्य फोहोरलाई पुन: प्रयोगको लागि ढुवानी गरिएको हो।
थ्रिपल पालिकामा फोहोर व्यवस्थापन सुधार गर्न एक्यापले बजेट विनियोजन गरेको छ। घरपझोङले ट्याम्पो, वारागुङले कम्प्रेसर मेशिन खरिद गरेको छ भने थासाङले छलफलको चरणमा रहेको छ।
जिल्ला सफा, वातावरणमैत्री र पर्यटकमैत्री बनाउनका लागि फोहोर संकलन केन्द्र पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्