|
२०८२ फाल्गुन २
नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार देशका अधिकांश भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ।
दिउँसो तराई क्षेत्रका केही स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले यातायातमा सावधानी अपनाउन सुझाव दिइएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिकदेखि मुख्यतया सफा मौसम रहने अनुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्