|
२०८२ फाल्गुन १
नेपाली कांग्रेस का उदयपुर–१ का उम्मेदवार विदुर बस्नेतले आफू आगामी निर्वाचनमा जित्नेमा ढुक्क रहेको बताएका छन्।
यस क्षेत्रबाट विगतमा लगातार निर्वाचित हुँदै आएका डा. नारायण खड्का को राजनीतिक प्रभाव स्मरण गर्दै बस्नेतले कांग्रेसको आधार मजबुत रहेको दाबी गरे। घरदैलो कार्यक्रमका क्रममा उनले मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन्।
बस्नेतले विशेष महाधिवेशनपछि पार्टीमा नयाँ नेतृत्व र उत्साह थपिएको उल्लेख गर्दै त्यसको प्रभाव जिल्लासम्म देखिएको दाबी गरे।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले उदयपुरका दीर्घकालीन समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। बाढी–पहिरो नियन्त्रणका लागि तटबन्ध निर्माण अघि बढाउने र उदयपुर विमानस्थल को निर्माण कार्यलाई पूर्णता दिन पहल गर्ने उनको भनाइ छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्