तालको गहिराइबाट निस्कियो हतियार: फेवातालमा एसएलआरसहित गोली बरामद

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १

पोखरा को पर्यटकीय केन्द्र फेवाताल मा नियमित रूपमा माछा मार्ने क्रममा अनौठो वस्तु फेला परेको छ। जाल फालेर माछा टिप्दै गरेका एक स्थानीयको जालमा यसपटक माछा होइन, एसएलआर राइफल अड्कियो।

घटनापछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी टोलीले तालबाट एक थान एसएलआर राइफल, त्यसमा प्रयोग हुने म्यागजिन र लोड अवस्थामा रहेका १८ राउन्ड गोली बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार हतियार केही समयदेखि तालभित्र रहेको अनुमान गरिएको छ। हतियार त्यहाँ कसरी पुग्यो भन्नेबारे भने स्पष्ट भइसकेको छैन।

घटनाले स्थानीयवासीलाई समेत आश्चर्यमा पारेको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *