भुटेको मकै खाएर रुकुमपूर्वको लावाङबाट प्रचण्डको चुनावी अभियान सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १

काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन १० सशस्त्र जनयुद्धको सेल्टर मानिने रुकुमपूर्वको लावाङबाट चुनावी अभियान सुरु गरेका छन् ।

प्रचण्डले स्थानी गाउँघरमा खाइने र रुचाइने भुटेको मकै खाएर चुनावी अभियान थालेका हुन् ।

त्यसअघि प्रचण्ड जनयुद्धमा सेल्टर बनाएर भूमे गाउँपालिका–७ लावाङमा आफू बसेको घर, आफू बसेको कोठामा पुगेर भावुक हुँदै जनयुद्धकालीन समयको स्मरण गरेका छन् ।

प्रचण्ड भूमे गाउँपालिका ७ लावाङमा पुग्दा स्थानीयले न्यानो मायासहित भव्य स्वागत गरेका छन् । संयोजक प्रचण्ड फागुन ६ गतेसम्म रुकुम पूर्वका गाउँबस्तीमा रहने उनको सचिवालयले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार बनेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *