नेपाली कम्युनिस्ट पार्टी द्वारा रुकुम पूर्वमा ३०औँ जनयुद्ध दिवस मनाइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १

रुकुम पूर्व । रुकुम पूर्वमा आज ३०औँ जनयुद्ध दिवस विविध कार्यक्रमसहित मनाइँदै छ। कार्यक्रमका लागि पार्टीका संयोजक पुष्पकमल दाहाल बिहीबार नै जिल्लामा पुगेका छन्।

भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजना हुने कार्यक्रममा सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा स्थानीयबासीको सहभागिता रहनेछ। जनयुद्धका क्रममा ज्यान गुमाएका २ सय ५२ सहिदप्रति सम्मान व्यक्त गरिने जनाइएको छ।

वि.सं. २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्ध दस वर्षसम्म चलेको थियो। सोही आन्दोलनको आधार क्षेत्र मानिएको रुकुम पूर्वबाटै समाजवादी रूपान्तरणको नयाँ बहस अघि बढाउने नेताहरूको भनाइ छ।

दिवस मनाउनुअघि संयोजक दाहालले महत र लाबाङ गाउँको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *