आयोगले निकोलससँग रक्ताम्य जुत्ता चुनाव चिह्न बनाएकोमा माग्यो दोस्रोपटक जवाफ

DaksuMedia दाक्सु मिडिया
|
माघ २९, २०८२

काठमाण्डौँ । नेपाल जनसेवा पार्टीका उम्मेदवारहरूले निर्वाचन आयोगमा दर्ता भएको भन्दा फरक चुनाव चिह्न प्रयोग गरेर चुनाव प्रचार गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

जनसेवा पार्टीको चुनाव चिह्न सेतो र कालो रंगको जुत्ता हो । तर जेनजी आन्दोलनको ‘आइकन’ बनेको रक्ताम्य जुत्ताको प्रयोग गरेर चुनाव प्रचार गरेपछि आयोगको स्पष्टीकरण सोधेको हो ।

रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार निकोलस भूसालले गलत चुनाव चिन्ह् प्रयोग गरेको भन्दै आयोगमा उजुरी परेको थियो । त्यसपछि उनीमाथि स्पष्टीकरण सोधेको हो ।

‘आयोगमा दर्ता भएको भन्दा फरक चुनाव चिह्नको प्रयोग गरेर प्रचार गरेपछि दुई पटक स्पष्टीकरण सोधेको छ ।

पहिलो स्पष्टीकरणको जवाफमा भूसालले जेनजी आन्दोलनको प्रतिक बनेकाले सहमतिमा नै जुत्ताको प्रयोग गरेको भनेका छन् । ‘रक्ताम्य जुत्ता वास्तविक तस्वीर हो । जुन मानिसको भावनासँग जोडिएको छ ।

आयोगले रक्ताम्य जुत्ताको फोटोलाई चुनाव चिह्न राखेर प्रचार प्रसार गर्नमा रोक लगाउन सक्ने छ ।

जेनजी आन्दोलनको घाइते प्रकाश बोहराले उम्मेदवारहरूले गलत ढंगले जेनजी आन्दोलनको प्रतिक बनेको जुत्ताको फोटो प्रयोग गरेको भन्दै आयोगमा उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा आयोगले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *