चितवनमा ८० प्रतिशत किशोरीले एचपिभी खोप लगाए

DaksuMedia दाक्सु मिडिया
|
माघ २८, २०८२

काठमण्डौँ । चितवनमा हालसम्म ८० प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन् ।

खोप अभियानको तेस्रो दिन माघ २७ गतेसम्म ८० प्रतिशत अर्थात् ५ हजार ४२४ किशोरीलाई एचपिभी खोप लगाइएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिकामा २ हजार ६३३, रत्ननगर नगरपालिकामा ७९२, खैरहनीमा ५६७, राप्तीमा ६११, कालिकामा ४७४ र माडी नगरपालिकामा ३४७ जना किशोरीले खोप लगाएका छन् ।

कुल ६ हजार ७६८ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म ५ हजार ४२४ किशोरीलाई खोप लगाइएको हो। चितवनमा कक्षामा ६ मा अध्ययनरत छात्रा ६ हजार ४१९, विद्यालय नजाने १० वर्ष उमेर १९२ र गत वर्ष छुटेका १५७ जना गरी ६ हजार ७६८ जना किशोरी रहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *