|
माघ २४, २०८२
काठमाडौं — कुनै समय सुदूरपश्चिमको राजनीतिमा प्रभावशाली नेता मानिएका भीम रावल अहिले अछाम–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनेर मतदाताको घरदैलोमा छन्।
नेकपा एमालेका पूर्व केन्द्रीय उपाध्यक्ष रहेका रावललाई एक समय शेरबहादुर देउवापछि सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा अगाडि बढ्ने नेताका रूपमा हेरिन्थ्यो। तर एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको दूरी बढेपछि २०७९ मा उनले टिकट पाएनन् र पछि पार्टीबाट निष्काशित भए।
तीन वर्ष संसदीय राजनीतिबाट बाहिरिएका रावल हाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाबाट उम्मेदवार बनेका छन्। फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै उनले अछाममा समर्थन जुटाउने प्रयास तीव्र पारेका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्