कांग्रेस भ्रष्टाचारविरुद्ध योद्धा बनेर आएको गगनको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २३

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकलाई अहिले सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् ।

शुक्रबार कास्की कांग्रेसको सभालाई सम्बोधन गर्दै सभापति थापाले अहिले देशमा चरम निराशा र अविश्वासको स्थिति रहेकाले यस्तो बेला ‘सम्हाल्ने शक्ति’ चाहिने टिप्पणी गरेका हुन् ।

त्यस्तो सम्हाल्ने शक्ति कांग्रेस रहेको उनले दाबी गरे । उनले भने, ‘हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ ।’ नागरिकमा व्याप्त गहिरो असन्तुष्टिको जवाफ सुधारबाटै दिनसकिने उनले बताए ।

‘नागरिकहरूमा रिस छ । राज्यका संस्थाहरू, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ । त्यही अविश्वासले देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ,’ सभापति थापाले भने । समाजमा भित्रभित्र आगो बलिरहेको बताउँदै उनले यो बेला कांग्रेसले नै सम्हाल्नुपर्ने उनले बताए ।

अहिले निराशाको मुख्य जड भ्रष्टाचार नै रहेको सभापति थापाले दाबी गरे ।

नयाँ कांग्रेसको ‘टाउकोदेखि पुच्छरसम्म’ प्रत्येक नेता एउटा संकल्प बोकेर आएको पनि उनले दाबी गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *