काठमाडौं —नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार पछिल्ला चार दिनमा अमेरिकी डलरको मूल्य घट्दो क्रममा देखिएको छ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा तोकिएको छ।
यसअघिको दिन बिहीबार डलरको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ थियो। बुधबार खरिददर १४४ रुपैयाँ १३ पैसा तथा बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा कायम गरिएको थियो भने मंगलबार भने डलर अझ महँगो रहँदै खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा पुगेको थियो।
यसरी हेर्दा मंगलबारको तुलनामा चार दिनमा अमेरिकी डलरको मूल्य करिब २ रुपैयाँसम्म घटेको देखिन्छ।
डलरसँगै अन्य विदेशी मुद्राको विनिमयदर पनि राष्ट्र बैंकले निर्धारण गरेको छ। आज युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ११ पैसा र बिक्रीदर १७० रुपैयाँ ८२ पैसा रहेको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा तोकिएको छ।
यस्तै, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालजस्ता खाडी मुलुकका मुद्राको मूल्य उच्च रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमार्फत हेर्न सकिने जानकारी दिइएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्