|
माघ २२, २०८२
काठमाण्डौँ । कोरियन भाषा परीक्षाअन्तर्गत कृषि तथा पशुपालन क्षेत्र तर्फको परीक्षा तालिका सार्वजनिक भएको छ।
सार्वजनिक तालिकाअनुसार परीक्षा आगामी फागुन ३ गतेदेखि सञ्चालन हुने छ । ईपीएस कोरिया शाखाले बिहीबार तालिका सार्वजनिक गरेको हो । हाल उत्पादनमूलक क्षेत्रको परीक्षा सञ्चालन भइरहेको छ ।
उत्पादनमूलक क्षेत्रको परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ । उत्पादनमूलक क्षेत्रको परीक्षा सकिएको केही दिनमा नै कृषितर्फको परीक्षा लिने तयारी गरिएको हो ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्