|
२०८२ माघ १८
रसुवा जिल्लाको टिमुरे–रसुवागढी खण्डमा आएको सुक्खा पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार साँझ पहिरो खस्दा चीनतर्फ जाँदै गरेका कन्टेनरहरू बाटोमै रोकिएका छन्।
यसैगरी, केरुङबाट फर्किँदै गरेका नेपाली नागरिकहरू सडक बन्द भएपछि नेपाल–चीन मितेरी पुल पारि चिनियाँ भूभागमै अड्किएका छन्। पहिरो पन्छाउन स्काभेटर प्रयोग गरी काम भइरहेको प्रहरीले जनाएको छ।
जोखिम कायमै रहेकाले अवस्था सामान्य नहुँदासम्म यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्