|
माघ १८, २०८२
काठमाण्डौँ । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार (पेस्तोल) सापटी मागेको छ ।
आगामी २१ फागुनमा हुने निर्वाचन सुरक्षाका लागि आफ्ना हतियार अपुग भएको भन्दै नेपाल प्रहरीले सेनासँग पेस्तोल सापटी मागेको हो ।
प्रधान कार्यालय स्रोतका अनुसार करिब ३ हजार पेस्तोल सापटी माग गरिएको छ । प्रहरीले यसअघिका निर्वाचनमा पनि सेनासँग हतियार सापटी मागेर चलाउँदै आएको छ ।
यो पटक पनि हतियार अपुग भएपछि सापटी माग गरिएको हो । प्रहरीसँग भएका केही हतियार जेनजी आन्दोलनका बेला लुटपाट समेत भएका थिए ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्