सुनकोशी क्षेत्रका किसान आलु भित्र्याउन व्यस्त, बजार सहज

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १७

सुनकोशी गाउँपालिका–३ अन्तर्गत झाङङ्गाझोली, बोहोरेटार र गणेशस्थान क्षेत्रका किसान यतिबेला आलु खन्ने र पुनः रोपाइँमा व्यस्त छन्। कार्तिक–मङ्सिरमा लगाइएको दुई महिने आलु अहिले फाँटबाटै प्रतिकिलो २० देखि २५ रुपैयाँमा बिक्री भइरहेको छ।

विपी राजमार्ग नजिकै पर्ने भएकाले उत्पादनको बजार सहज रहेको स्थानीय किसानले बताएका छन्। आलु खेती सुरु गरेपछि वर्षमा चार बाली भित्र्याउन सकिएको उनीहरूको भनाइ छ।

गाउँपालिकाले यस क्षेत्रलाई आलु जोनका रूपमा विकास गर्दै विभिन्न कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *