गोली चलाउन मैले आदेश दिएको होइन : ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १५

एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको घटनामा आफूले सुरक्षा निकायलाई गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले संविधानले प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गरे। घटनापछि तत्काल छानबिन आयोग गठन गरिएको र ज्यान गुमाएका १९ जना बालबालिकाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरे।

ओलीका अनुसार बिहान माइतीघरमा भएको जेन–जी युवाको प्रदर्शन शान्तिपूर्ण थियो। तर पछि केही घुसपैठकारी समूहले बालबालिकालाई अगाडि राख्दै निषेधित क्षेत्रतर्फ लैजाँदा अवस्था हिंसात्मक बनेको दाबी उनले गरेका छन्।

संसद् भवन नजिक आगजनी र विस्फोटक पदार्थ प्रयोग भएपछि कानुनअनुसार सुरक्षा निकायले बल प्रयोग गर्नुपरेको भन्दै गोली सरकारको आदेशमा नभई कानुनी प्रक्रियाअनुसार चलेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *