मनले थाम्नै गाह्रो’—फ्यानको मायामा डुबिन् रचना रिमाल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १५

काठमाडौं — लोकप्रिय गायिका रचना रिमालप्रति फ्यानहरूको प्रेम अनौठो स्तरमा पुगेको छ। एक फ्यानले उनको मुहारको ट्याटु आफ्नै हातमा खोपेपछि रचना भावुक बनेकी छन्।

सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै रचनाले फ्यानको माया शब्दमा व्यक्त गर्न गाह्रो भएको बताइन्। उनले आफूले गरिरहेको काम फ्यानहरूको आशीर्वादकै परिणाम भएको भन्दै गहिरो सम्मान प्रकट गरेकी छन्।

विवादबाट टाढा रहने र ‘जिरो हेटर्स’ गायिकाका रूपमा चिनिने रचनाको लोकप्रियता अझ बलियो बन्दै गएको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *