काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरूसँग छलफल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका नेता शाहले चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गरेका हुन् ।
बालेनले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिएको भेटमा संलग्न नेताहरूले बताएका छन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीले चुनावी अभियानबारे नेता शाहले जानकारी लिएको बताइन् ।
अर्की उम्मेदवार रञ्जु दर्शनाले पनि चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिइन् ।
त्यस्तै अर्का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन नेता शाहसँग भेट गरिएको बताए । उनले पनि भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गरे ।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । शाहले भने झापा ५ बाट उम्मेदवारी दिएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्