आज (२०७८-०३-११) को राशिफल

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ११
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ला । शत्रु पराजित पनि हुनेछन् ।

  • वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज मन खिन्न हुने स्थिति आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।

  • मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

  • कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

  • सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुन सक्छ ।

  • कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कुनै कुराले मन प्रसन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ, तर स्वास्थ्य प्रति चैं सजग रहनु होला ।

  • तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको •व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनसक्छ । विश्वास गरेकाले साथ दिनेछन् ।

  • वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्नेछ ।

  • धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ आँटेको र ताकेको । कार्य पुरा होला ।

  • मकर (भो,जा,जि,जु,जे,जो,ख,खि, खु, खे, खो, गा, गि)

सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

  • कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ र बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।

  • मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *