केही क्षेत्रमा उम्मेदवार मिलाउन ओलीलाई योगेशको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवारहरू मिलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

सोमबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । आफू ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक भएको भए पनि अध्यक्षबाटै आफूलाई टिकट नदिने निर्णय गरिसकेपछि किचलो नगर्ने बताएका छन् ।

‘म श्रद्धेय पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूलाई एउटा विनम्र आग्रह गर्न चाहन्छु। आज पनि देशभरका १६५ क्षेत्रमध्ये अझै पनि केही क्षेत्रमा उम्मेदवारहरू मिलाउन सकिन्छ छ भने मिलाउनुहोस्,’ योगेशले भनेका छन् ।

उनले उक्त विषय आफ्नो व्यक्तिगत स्वार्थका लागि नभएको पनि बताएका छन् ।

‘यो मेरो व्यक्तिगत स्वार्थका लागि होइन । म ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिएँ, तर अध्यक्षज्यूले निर्णय गरिसकेपछि म त्यहाँ कुनै किचलो गर्दिनँ,’ उनले भने, ‘उहाँले पठाउनुभएको उम्मेदवारलाई सूर्य चिन्हको ध्वजावाहक मानेर जिताउनु मेरो पहिलो कर्तव्य हुनेछ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *