ताप्लेजुङमा योगेशलाई दिइएन टिकट, बने क्षितिज थेबे उमेदवार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । नेकपा (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट क्षितिज थेबेलाई उमेदवार बनाउने भएको छ । उनलाई उमेदवारका रूपमा अघि सारिएको एमालेले जनाएको छ ।

ताप्लेजुङबाट यसअघि एमालेकै योगेश भट्टराई निर्वाचित भएका थिए । यसपालि पार्टीले तय गरेको उमेदवारको सूचीमा उपमहासचिव भट्टराईको नाम छैन ।

उमेदवारका रूपमा अघि बढाइएका थेबे एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका अध्यक्ष हुन् । संसदीय निर्वाचनमा उनी नयाँ अनुहार हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *