|
२०८२ माघ ४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन राष्ट्रिय सभाका तीन सांसदले पद त्याग गरेका छन्।
राजीनामा दिनेमा नेपाल कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठ, राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम र नेकपा एमालेकी भगवती न्यौपाने छन्। उनीहरूले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुझाएका हुन्।
तीनै सांसदको कार्यकाल फागुन २० गते सकिँदै थियो। श्रेष्ठ सर्लाही–३, गौतम बर्दिया र न्यौपाने तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारीमा छन्।
दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्