काठमाडौँ । नेपाली कांग्रेसभित्रको नेतृत्व विवाद अब सर्वोच्च अदालतमा प्रवेश गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिट आज सर्वोच्च अदालतमा दर्ता भएको हो।
निर्वाचन आयोगले गगन थापा समूहलाई आधिकारिकता दिएको निर्णय गैरकानुनी भएको दाबी गर्दै देउवा पक्ष अदालत पुगेको हो। सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै माघ ६ गतेका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ।
उक्त दिन नै आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया पनि सुरु हुँदैछ, जसले मुद्दालाई अझ चासोको विषय बनाएको छ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवा समूहको तर्फबाट रिट दर्ता गराएका हुन्। देउवा पक्षले मुद्दाको तत्काल सुनुवाइ माग गरे पनि प्रशासनिक प्रक्रियाका कारण आजै पेसी तोक्न सम्भव नभएको सर्वोच्चले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्