एमाले माघ ४ गते काठमाडौँमा विशाल जनप्रदर्शनसहित अभियान शुरु गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

काठमाण्डौँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी काठमाडौँबाट आफ्नो देशव्यापी चुनावी अभियान शुरु गर्ने भएको छ।

एमाले बागमती प्रदेश कमिटीका इन्चार्ज एवं पार्टी सचिव महेश बस्नेतका अनुसार आगामी माघ ४ गते काठमाडौँमा विशाल जनप्रदर्शनसहित यो विशेष अभियानको औपचारिक थालनी गरिनेछ ।

यसैगरी, एमालेको संशोधित विधानबमोजिम गठित राजधानी विशेष कमिटीु को घोषणा र चुनावी अभियानको शुरुवात भने माघ २ गते नै गरिने राजधानी विशेष कमिटीका इन्चार्ज डा. राजन भट्टराईले जानकारी दिएका छन् ।

पुस २६ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले फागुनको निर्वाचनका लागि देशभर आक्रामक रूपमा चुनावी अभियान चलाउने निर्णय गरेको थियो, जसको प्रारम्भिक विन्दु काठमाडौँलाई बनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *