काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्यमान कानुनले मिल्ने भए प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारलाई पार्टीले टिकट दिँदा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन आफू तयार रहेको बताएका छन्।
बुधबार बिहान आफ्नै निवास महाराजगन्जमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा शर्मासँगको छलफलमा सभापति देउवाले कानुनले मिल्ने भए अर्कै नेताको हस्ताक्षर गर्ने व्यवस्था गर्न आफू तयार रहेको बताएका हुन् ।
देउबाले वैशाखमा तय गरिएको १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुने निश्चित भइसकेकोले अहिले नै नेतृत्व परिवर्तनको कुरा नउठाउन महामन्त्रीद्वयलाई आग्रह गरेका थिए ।
देउवाको भनाइ सुनिसकेपछि महामन्त्रीहरूले साथीहरूसँग छलफल गर्नुपर्छ भनेर देउवा निवासबाट बाहिरिएका छन् । ४५ मिनेटको वार्तामा पार्टीभित्र देखिएको विवाद अन्त्य गर्ने विषयमा कुराकानी भएको थियो ।
महामन्त्रीद्वय भृकुटी मण्डपमा गत आइतबारदेखि नीति र नेतृत्व परिवर्तन गर्ने भन्दै विशेष महाधिवेशन गरिरहेका छन् । त्यो महाधिवेशनलाई संस्थापन समूह र इतर समूहका नेता डाक्टर शेखर कोइराला समूहले मानेका छैनन् । यो विवाद मिलाउनका लागि दुवै पक्षले वार्ता समिति बनाएका थिए ।
संस्थापन र शेखर कोइराला समूहबाट वार्ता समितिमा बालकृष्ण खाण रमेश लेखक डाक्टर मिनेन्द्र रिजाल र सहमहामन्त्री जीवन परियार सदस्य थिए । विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल र मधु आचार्य सदस्य थिए । त्यो बैठकमा पनि कुरा नमिलेपछि महामन्त्रीद्वय विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्