बन्दसत्रमा दुई महामन्त्रीको प्रतिवेदन पेस, नयाँ नेतृत्व चयन गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २८

काठमाण्डौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिन सोमबार बन्दसत्रको कार्यक्रम रहेको छ ।

आइतबार राजधानीको भृकुटीमण्डपमा बहुमत नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ । सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्रीद्वयका प्रतिवेदन र चार विषयमा छलफल गर्न ९ वटा समूह गठन गरिएको छ ।

प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार महामन्त्रीद्वयका प्रतिवेदन र चार विषयमा छलफल गर्न ९ वटा समूह गठन गरिएको हो ।

ती समूहहरूले मुख्य चार वटा विषयमा केन्द्रित रहेर आफ्ना सुझाव र धारणा राख्नेछन् । छलफलका लागि तय गरिएका विषयहरूमा समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *