अमेरिकी सुरक्षाकर्मीको गोली प्रहार, दुई जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २५

ओरेगन । अमेरिकाको ओरेगन राज्यअन्तर्गत पोर्टल्याण्ड शहरमा अमेरिकी सुरक्षाकर्मीले चलाएको गोली लागेर एक पुरुष र एक महिला घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार घटना बिहीबार दिउँसो भएको हो। सुरक्षाकर्मीहरूले भेनेजुएलासँग सम्बन्धित एक आपराधिक समूहका सदस्य भएको आशंकामा एउटा गाडीलाई ट्राफिक जाँचका लागि रोक्न खोजेका थिए। तर गाडी चालकले सुरक्षाकर्मीमाथि नै गाडी कुदाउने प्रयास गरेपछि सुरक्षाकर्मीले आत्मरक्षाका लागि गोली चलाएको जनाइएको छ।

गोली लागेर घाइते भएका दुवै जनालाई तत्काल अस्पताल पुर्‍याइएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने अझै सार्वजनिक भइनसकेको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागका अनुसार यो घटना मिनियापोलिसमा एक संघीय एजेन्टको गोली लागेर एक महिलाको ज्यान गएको घटनाको भोलिपल्टै भएको हो। लगातार भइरहेका यस्ता घटनाले सुरक्षा चासो थप बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *