|
२०८२ पुष २४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गतेका लागि तय भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुने तय भएसँगै त्यसपक्षीय नेताहरू तयारीमा लागेका छन् ।
अनामगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै रहेको विशेष महाधिवेशन सचिवालयको समन्वयमा तयारी गरिएको छ ।
करिब एक हजार स्वयंसेवक हुने स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले जानकारी दिए। उनका अनुसार भृकुटीमण्डपमा आजदेखि मञ्ज निर्माणको काम सुरु हुनेछ ।
विशेष महाधिवेशन महामन्त्रीद्वय गनगकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको छ । उता संस्थापन समूहले भने विशेष महाधिवेशनको काउन्टरमा युवा भेला, केन्द्रीय सदस्यहरूको भेला डाकेको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्